ग्राहककहाँ नगएको भन्दै नेपाली युवतीमाथि निर्घात कुटपिट, भारतीय यौन गिरोहको पर्दाफाश

डिसी नेपाल
२५ भदौ २०७७ ९:३२

काडमाडौं। सुनौली सीमा नाका पारी भारतको महाराजगंज जिल्लाको कोल्हुइ गाउँमा यौन व्यवसायका लागि ग्राहककहाँ नगएको भन्दै एक नेपाली युवतीमाथि निर्घात कुटपिट गरिएको छ । ती नेपाली युवतीलाई बन्धक बनाएर कुटपिट गरिएको भारतीइ अखबार दैनिक जागरणले जनाएको छ । युवतीले विरोध गरेपछि यौन गिरोहको पर्दाफाश भएको छ ।

घटनाको सूचना पाएपछि पुगेको पुलिसले युवतीलाई मुक्त गराएको छ । अहिले ती युवतीको भिडियो भाइरल भइरहेको बताइएको छ । उनका अनुसार उनीसमेत नेपालबाट ४ युवतीहरु गएका थिए । त्यहाँ आर्केस्ट्रामा काम गर्ने मुस्कान नामकी भारतीय महिलाले चारै जनालाई कोल्हुइमा राखेकी थिइन् । उनलाई छोडेर उनीसँग गएका अन्य युवतीहरु नेपाल फर्किएका थिए । मंगलबार राती मुस्कानले ती युवतीलाई कुनै होटलमा पठाएकी थिइन् ।

नेपाली युवतीले जान अस्वीकार गरेपछि रिसाएकी मुस्कानले उनलाई निर्घात कुटपिट गरेकी थिइन् । उनले फलामको रडले नेपाली युवतीमाथि आक्रमण गरेकी थिइन् । मुस्कानले उनलाई कोठामा बन्दी बनाएर राखेको आरोप छ । पीडित युवतीले कुनै किसिमले पुलिसलाई सूचना दिएपछि पुलिसले उनको उद्धार गरेको थियो । आर्केस्ट्रा संचालक भने फरार भएकी छिन् ।

पुलिसलाई सोधपुछका क्रममा नेपाली युवतीले त्यहाँ यौनधन्दा चलाउने गिरोह नै चलिरहेको बताएकी छिन् । उनलाई पनि अनैतिक कार्यको लागि दबाब दिइएको उनले बताएकी छिन् । यौनधन्दामा संलग्न अस्वीकार गर्दा आफूमाथि कुटपिट गरिएको उनले बताइन् । पुलिस थाना प्रमुख रामसराय चौहानले युवतीलाई मुक्त गरेर घर पठाइएको र घटनामा संलग्नको खोजी भइरहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *