जापानमा ४ वर्षीय नेपाली बालकको घाँटीमा अंगुरको दाना अड्किँदा मृत्यु

ज्याक खड्का
२५ भदौ २०७७ १३:०३

टोकियो । जापानमा ४ वर्षीय नेपाली बालकको घाँटीमा अंगुरको दाना अड्किँदा मृत्यु भएको छ । टोकियोमा आएका पाँचथरका गेन्की थाम्सुहाङ नाम गरेका बालकको मृत्यु भएको हो । अनुभव थाम्सुहाङ र फुनबसी केइकीको छोरा थाम्सुहाङको सेप्टेम्बर ७ तारिख सोमबारका दिज विद्यालय पठाएको अवस्था मृत्यु भएको हो ।

गेन्कीले पढ्दै आएको किन्डर गार्डेनमा दिउँसोको खाजा खाने क्रममा घाँटीमा अंगुरको दाना अड्किएको र त्यसपछि लगत्तै अस्पताल लगिएकोमा उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

बिहान गेन्कीलाई किन्डर गार्डेनमा सकुशल पुर्याएर आएकोमा छिट्टो आउन फोन आएपछि हतारमा अस्पताल पुगेपनि आफुहरु अस्पातल पुग्न नपाउँदै मृत्यु भइसकेको जानकारी अस्पताल र बिद्यालयका कर्मचारीले गराएको परिवारका सदस्यहरुले जानकारी दिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *