एनआरएनएद्वारा गण्डकी प्रदेशलाई मास्क सहयोग

डिसी नेपाल
२६ भदौ २०७७ १३:३२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) गण्डकी प्रदेशलाई मास्क सहयोग गरेको छ। संघले गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई १६ हजार थान मास्क हस्तान्तरण गरेको हाे।

हस्तान्तरण कार्यक्रममा संघका तर्फबाट एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक श्रीमति अमृता थापा )कन्चन), पूर्व सल्लाहकार डम्बर घले तथा युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङको उपस्थिति रहेको थियो।

उक्त मास्क एनआरएनए मकाउको तर्फबाट प्राप्त भएको एनआरएनए कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *