भारतीय सेनाले गल्ती स्वीकार गर्यो, जम्मू कश्मीरमा निर्दोषमाथि गोली चलाइयो
नयाँ दिल्ली (एजेन्सी)। जम्मू कश्मीरको शोपियाँ जिल्लामा भएको मुठभेडमा भारतीय सेनाले आफ्नो गल्ती भएको स्वीकार गरेको छ। सेनाले कोर्ट अफ इक्वाइरी सकिएको भन्दै दोषीमाथि कारबाहीको आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
गएको जून महिनामा शोपियाँमा सेनाले एक फर्जि एन्काउन्टर गरेर तीनजना निर्दोषको हत्या गरेको थियो। आतंकवादी भएको भन्दै सेनाले उनीहरुमाथि गोली चलाएको थियो। मृतकका आफ्न्तहरुले भने यो फर्जि एन्काउन्टर भन्दै दोषीमाथि कारबाही हुनुपर्ने भन्दै उजुरी दिएका थिए। पीडितको उजुरीपछि सेनाले कोर्ट अफ इन्क्वाइरी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
जम्मू कश्मीर विश्वमा सबैभन्दा सघन सैनिकीरण भएको क्षेत्र हो। त्यहाँ ठूलो संख्यामा सेना परिचालन गरिएको छ। दिनहुँ जसो सेनाले आतंकवादीका नाममा केही मानिसहरुको हत्या गर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment