स्टाफानी टेलरले टि २० मा बनाईन विराट र क्रिस गेलभन्दा बढी रन

डिसी नेपाल
९ असोज २०७७ १५:४७
4
Shares

काठमाडौं । वेस्टईन्डिजका स्टाफानी टेलर विश्व क्रिकेटमा पुरुष तथा महिला खेलाडीहरुमा तीनहजार रन पुरा गर्ने दोस्रो तथा वेस्टईन्डिजको पहिलो क्रिकेटर बनेकी छिन । टेलरले यो किर्तिमान बुधवार भएको ईङल्यान्ड बिरुद्वको खेलमा पुरा गरेकी हुन । दोस्रो टि २० खेलमा टेलरले किर्तिमान बनाएपनि टोलीलाई हारबाट जोगाउन सकिनन ।

टेलरले आफ्नो करियरको १०५ टि २० खेलमा ३ हजार २० रन बनाएकी छिन । यसअघि यो किर्तिमान न्युजिल्यान्डका खेलाडी सुजी बेटसको नाममा रहेको थियो । उनले ११९ टि २० खेलमा ३ हजार २ सय ४३ रन बनाएकी छिन ।

किर्तिमान बनाएपछि खुशी हुदै टेलरले भनीन, “मैले आकडामा विश्वास गर्ने खेलाडी होईन, तर जब यो कुरा ठुलो स्क्रिनमा आउन पाउँदा ठूलो अनुभूति भयो।” उनले भनीन, “यसबाट थाहा हुन्छ कि महिला क्रिकेटरहरूले वर्षौंको दौरान कत्ति मेहनत गरेका छन र मानिसहरूले गरेको सम्मान देखेर म दंग छु।”

महिला क्रिकेटमा मानिसहरुले खासै ध्यान दिदैनन । तर अन्तराष्ट्रिय टि २० मा टेलरले भारतका विराट कोहली र क्रिस गेल भन्दा पनि बढी रन बनाएकी छिन । विराटको नाममा २ हजार ७ सय ९४ तथा गेलको नाममा १ हजार ६ सय २७ रन रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *