उत्कृष्ट खेलसँगै कोलकत्ताको विजयी सुरुवात
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीए) मा कोलकत्ताले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा कोलकाता नाईट राइडर्स विजयी भएको छ । यूएईको शेख जायद रंगशालामा भएको खेलमा सनराईजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै कोलकाताले प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ।
टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १४२ रन जोड्न सफल भयो । १ सय ४३ रनको लक्ष्य पाएको कोलकाताले उक्त लक्ष्य १८ ओभरमा मात्र ३ विकेटको क्षतिमा १२ बल बाँकी छँदै पूरा गर्यो ।
कोलकाताका लागि शुभमन गिलले अविजित रहँदै ७० रन र इयोन मोर्गनले ४२ रनको योगदान गरे । आईपीएलमा हैदराबादको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स ब्याङ्गलोरसँग पराजित भएको थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment