पञ्जाब द्वारा राजस्थान सामु बिशाल लक्ष्य

डिसी नेपाल
११ असोज २०७७ २१:४०

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा किंग्स एलेभेन पञ्जाबले राजस्थान रोयल्सलाई २२४ रनको बिशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको पञ्जाबका लागि ओपनरदय मयंक अग्रवाल तथा कप्तान केएल राहुलले १८३ रनको साझेदारी गरेका थिए ।

टम कर्नको बलमा आउट हुनुअघि मयंकले ५० बलमा १० चौंका र ७ छक्का मद्दतमा १०६ रनको सतकिय पारी खेले । त्यस्तै अर्का ओपनर तथा कप्तान केएल राहुलले कप्तानी ईनिङ खेल्दै ५४ बलमा ७ चौंका र एक छक्काको मद्दतमा ६९ रनको अर्धसतकिय पारि खेले । पञ्जाबका अन्य ब्याटसम्यानहरुमा ग्लीन म्याक्सवेलले अविजित १३ र निकोलोस पुरनले अविजित २५ रन बनाए ।

राजस्थानका लागि बलिङमा टोम कर्न र अंकित राजपुतले समान १–१ विकेट लिए । २२४ रनको लक्ष्य पाएको राजस्थानले केहि बेरमा ब्याटिङ गर्देछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.