विशाल लक्ष्य पछ्याएको राजस्थानलाई झड्का, तर सञ्जुको विस्फोटक इनिंग्स
काठमाडौं। यूएईमा जारी इण्डियन प्रिमियर लिगको आइतबारको खेलमा किंग्स एलेभन पञ्जाव र राजस्थान रोयल्सबीच जारी छ। टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको पञ्जावले मयंक अग्रवालको शतकको मद्दतमा २२३ रनको विशाल योगफल बनायो।
२२४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानको शुरुआत भने राम्रो रहेन। राजस्थानले विस्फोटक ब्याट्सम्यान जोस बटलरलाई गुमाएको छ। टिमको रन १९ हुँदा बटलर ४ रन बनाएर आउट भएका छन्।
बटलर आउट भएपछि मैदानमा आएका सञ्जु स्यामसनले आफ्नो विस्फोटक ब्याटिंग जारी राखेका छन्। यो समाचार तयार पार्दासम्म राजस्थानले ६ ओभरमा १ विकेट गुमाएर रन ६९ बनाएको छ। सञ्जुले ११ बलमा २३ रन बनाएका छन् भने कप्तान स्टेभन स्मिथले १८ बलमा ३७ रन बनाएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment