घरेलु मैदानमै म्यान्चेस्टर सिटी पराजय

डिसी नेपाल
१२ असोज २०७७ १३:१३

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति घरेलु मैदानमा म्यानचेस्टर सिटीले लेस्टर सिटीसँग ५–२ गोल अन्तरको पराजय व्यहोरेको छ । खेलमा लेस्टरका लागि जिमी भार्डीले ह्याट्रिक गरे । सिटीका अन्य खेलाडीहरु जेम्स म्याडिसन र यौंरी तिलेमान्सले एक एक गोल गरे ।

म्यानचेस्टर सिटीसँगको जितसँगै लेस्टर प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । लेस्टरले तीन खेलमा सतप्रतिशत नतिजा निकाल्दै ९ अंकसहित शीर्ष स्थानमा पुगेको हो । लेस्टरसँगको पराजयसँगै सिटी दोस्रो स्थानमा छ । सन् २००५ यता म्यान्चेस्टर सिटीले पहिलो पटक घरेलु मैदानमा ५ गोल खाएको हो ।

सिटीको दुई खेलमा तीन अंक छ । यस्तै गएराति नै भएको अर्को खेलमा वेस्ट ह्यामले वुल्भ्सलाई ४–० तथा लिड्सले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी टोटनह्याम र न्यूक्यासलले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.