आईपीएलः मुम्बई र बेंगलोरबीच खेल हुँदै, टस हारेको बेंगलोरले पहिला ब्याटिंग गर्ने
काठमाडौं। यूएईमा जारी आईपीएलको सोमबारको खेलमा मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच भिड्दै छन्। दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिंग गर्ने निर्णय लिएका छन्।
मुम्बईले विराट कोहलीको कप्तानीमा रहेको बेंगलोरलाई ब्याटिंगको निम्तो दिएको छ। जारी प्रतियोगितामा दुबै टिमले एक हार र एक जित हात पारेका छन्।
बंगलोरले पहिलो खेलमा सनराईजर्स हैदरवादलाई पराजित गरेको थियो भने किंग्स एलेभन पञ्जवासँग पराजित भएको थियो। उता मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो भने कोलकता नाइट राइडर्सविरुद्ध विजयी भएको थियो।
१० वटा खेल भइसक्दा आईपीएल अंक तालिकाको शीर्ष स्थानमा दुबै खेलमा जित हात पारेको दिल्ली क्यापिटल्स छ भने दुबै खेलमा पराजित भएको हैदरावाद अन्तिममा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment