पूर्व कप्तान सागर थापा मनास्लु कलेजको ब्रान्ड एम्बेस्डर

डिसी नेपाल
१२ असोज २०७७ २०:१४
4
Shares

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेस्डर बनेका छन्। सोमवार मनास्लु कलेजले एक कार्यक्रमको आयोजना गरी सागरलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो। कार्यक्रममा सागर र कलेजबीच सम्भौतामा हस्ताक्षर भएको छ। कार्यक्रममा सागरले आफूलाई यति ठुलो सम्मान दिएको भन्दै नेपाली खेलकुद क्षेत्रमा मनास्लु कलेजले चालेको यो पाईलाप्रति धन्यबाद दिएका थिए। साथै सागरले कलेजले आफूलाई दिएको जिम्मेबारीप्रति प्रतिबद्ध हुँदै अगाडि बढने बताए।

कार्यक्रममा कलेजका अध्यक्ष गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान, कलेजका प्रिन्सिपल राजन श्रेष्ठ लगायत अन्य पदाअधिकारीहरुको उपस्थिति रहेको थियो। कलेजका अध्यक्ष गेन्द्र लामाले मनास्लु कलेज शिक्षा मात्र नभएर खेलकुद क्षेत्रमा पनि योगदान गर्ने उद्देश्यले अगाडि बढेको र अगामी दिनमा कलेजले खेलकुद क्षेत्रमा बिभिन्न खेलाडीहरु उत्पादन गर्ने लक्ष्य राखेको बताए।

उनले राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापालाई कलेजको ब्रान्ड एम्बेस्डर बनाउन पाएकामा खुशी लागेको बताए । लामाले कलेजले अगामी दिनमा बिभिन्न तरिकाले खेलाडीहरुलाई समेटेर अगाडि बढने बताएका छन्। यसअघि कलेजले दुई हप्ता अगाडि नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई प्लस टू अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको थियो। काठमाडौंको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो।

https://www.facebook.com/dc.nepal/videos/784873762265556

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *