कोरोना पोजेटिभ आएपछि अमेरिकी राष्ट्रपति ट्रम्पलाई अस्पताल लगियो

डिसी नेपाल
१७ असोज २०७७ ७:२७

बीबीसी। कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ। ह्वाइट हाउनसले विज्ञप्ति जारी गर्दै सावधानी र होसियारी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टल रीड नेशनल मिलिट्री अस्पताल लैजाने निर्णय गरिएको जनाएको छ।

त्यसअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए।  ह्वाउट हाउसले सूचना जारी गर्दै ट्रम्पलाई थकान महशुस भएको र उनी चाँडै निको हुनेमा आशावादी रहेको जनाएको छ।

सीबीएस न्युजका अनुसार ट्रम्पलाई हल्का ज्वरो आएको छ। राष्ट्रपति ट्रम्प विशेष हेलिकप्टर मरीन वनबाट मेडिकल सेन्टर प्रस्थान गरेका थिए। तर प्रस्थान गर्नुपूर्व ट्रम्पले आफू र आफ्नी श्रीमतीप्रति शुभकमना दिनेलाई धन्यवाद दिएका थिए।

ट्रम्पलाई कोरोना पोजेटिभ पुष्टि त्यतिबेला भएको छ, जतिबेला अमेरिकामा राष्ट्रपतिको चुनाव हुन एक महिना मात्र बाँकी रहेको छ। ट्रम्पको प्रतिश्पर्धा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग हुँदैछ।

अस्पताल जानु पूर्व राष्ट्रपति ट्रम्पले जनताका लागि एउटा भिडियो सन्देश जारी गरे अनि उनी हेलिकप्टरमा बसे। उनले मास्क लगाएका थिए। ट्रम्पले जारी गरेको भिडियो सन्देशमा भनेका छन्, ‘म सबैलाई सहयोगप्रति धन्यवाद भन्न चाहन्छु। म वाल्टर रीड नेशनल मेडिकल सेन्टर जाँदैछु। मलाइ लाग्छ म ठिक छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *