आईपीएलः कोलकाताका कप्तान कार्तिक आउट, मोर्गन इन

डिसी नेपाल
३० असोज २०७७ १८:५३
332
Shares

काठमाडौं। यूएईमा जारी आईपीएल मध्य भागमा आइपुग्दा कोलकाता नाइट राइडर्सले आफ्नो कप्तान परिवर्तन गरेको छ। शुक्रबार मुम्बई इण्डियन्ससँगको खेलमा कोलकाताका नयाँ कप्तानले टिमको नेतृत्व गर्ने भएका छन्।

कोलकाताले दिनेश कार्तिकलाई हटाएर इंग्ल्याण्डलाई विश्वकप दिलाइका इयन मोर्गनलाई कप्तान बनाएको छ। मोर्गन यसघि कोलकाताका उपकप्तानको जिम्मेवारीमा थिए।

जारी आईपीएलमा कोलकाताले सोचेअनुसार प्रदर्शन गर्न नसकेपछि कप्तान कार्तिकको आलोचना हुँदै आएको थियो। ७खेलमा ४ खेल जितेको कोलकाता प्लेअफ दौडमा छ। कोलकाता हाल ८ अंकका साथ अंकतालिकाको चौथो नम्बरमा छ। प्लेअफमा पुग्न कम्तिमा १६ अंक आवश्यक पर्ने भएकाले प्लेअफमा पुग्न कोलकाताले बाँकी ७ खेल मध्ये कम्तिमा ४ खेलमा जित हात पार्नुपर्ने अवस्था छ।

कोलकाताका लागि अर्को दुःखद खबर मिस्ट्री स्पीनर तथा विस्फोटक ब्याट्सम्यान सुनिल नारेनको बलिंग एक्शनबारे रिपोर्ट आउनु हो। उनको एक्शन अवैध भन्दै रिपोर्ट गरिएपछि उनी टिममा स्थान बनाउन सकिरहेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.