बार्कले र ख्वाजाबीच आईसीसी अध्यक्षका लागि प्रतिस्पर्धा

डिसी नेपाल
४ कार्तिक २०७७ २२:२९
140
Shares

काठमाडौं । न्युजील्याण्ड क्रिकेटका ग्रेगोर बार्कले र सिंगापुरका इमरान ख्वाजा दुई प्रमुख नाम हुन् जो शशांक मनोहरको स्थानमा आईसीसी अध्यक्ष पदको लागि प्रतिस्पर्धा गर्ने छन्। नामांकन फाइल गर्ने अन्तिम मिति अक्टुबर १८ सम्म थियो। तर आईसीसी बोर्डले सर्वसम्मत चयनको लागि एक महिनाको विन्डो राखेको छ ।

आईसीसी बोर्डका एक सिनीयर अधिकारीका अनुसार ग्रेगोर बार्कले र इमरान ख्वाजा बिच प्रतिस्पर्धा हुने लगभग तय भईसकेको छ । ख्वाजा अहिले पनि आईसीसीको कार्यवाहक अध्यक्ष रहेका छन । साथै नामांकनमा ग्रेगोर र ख्वाजाले मात्र नाम दिएका छन र दुबैलाई बोर्डमा समर्थन रहेको छ । हाल आईसीसी बोर्डमा १७ सदस्यहरु रहेका छन । जसमध्ये १६ सदस्यहरुले मतदान गर्न सक्नेछन । बोर्डको १७ औं सदस्यमा सीईओ मनु साहनी रहेका छन जसलाई मतदान गर्ने अधिकार रहेको छैन । वर्तमान नियम अनुसार अध्यक्ष पदको लागि ११ मतको आवश्यकता पर्दछ । यदि बार्कलेले ११ मत ल्याउन नसकेको खण्डमा ख्वाजा आईसीसीको कार्यवाहक अध्यक्ष पदमा यथावत रहने छन ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *