महेन्द्र सिंह धोनीको टोली चेन्नई सुपर किंग्सले जारी आईपीएलमा किन राम्रो प्रदर्शन गर्न सकेन ?

डिसी नेपाल
५ कार्तिक २०७७ १८:४०

काठमाडौं । आईपीएल २०२० मा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टोली चेन्नई सुपर किंग्सले अत्यन्त निराशाजनक प्रदर्शन गरेको छ । राजस्थान रोयल्स बिरुद्वको खेलमा पाएको ७ विकेटको हारसँगै चेन्नईको जारी सिजनमा उपाधि जित्ने सपना पनि टुटेको छ । चेन्नईले अहिले सम्म खेलेको १० खेलमा ३ जित मात्र निकाल्न सकेको छ । अंक तालिकामा मात्र ६ अंक जोडेको चेन्नई अहिले पुछारमा रहेको छ । यी फ्रेन्चाइजी टोलीले अब मात्र ४ खेल खेल्न बाँकी रहेको छ र यदि चेन्नईले यी चार खेलहरुमा विजयी प्राप्त गरेपनि उनको टोलीलाई प्लेअफमा छनौट हुन अंक प्रयाप्त हुने छैन । आईपीएल २०२० मा लगातार असफल हुदा पक्कै पनि चेन्नईका समर्थकहरु निराश भएका छन । किन महेन्द्र सिंह धोनीको चेन्नई सुपर किंग्सले जारी सिजनको आईपीएलमा राम्रो गर्न सकेन ? अहिले क्रिकेट समर्थकहरु माझ अहिले यो प्रश्न उब्जिरहेको छ ।

चेन्नई सुपर किंग्सलाई प्रतियोगिता हुनु अगावै ठुलो झटका लागेको थियो । कारण थियो सुरेश रैना र हरभजन सिंह किनभने प्रतियोगिता अगाडी नै यी खेलाडीहरुले टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए । यी दुई खेलाडी टोलीबाट बाहिर हुदा पनि चेन्नईले यी खेलाडीहरुको ठाउमा रिपेल्समेन्ट लिएको थिएन । सुरेश रैना चेन्नईको मेरुदण्डको रुपमा थिए र उनी गएपछि टोलीनै कमजोर जस्तो देखियो । एक या दुई खेल छोडेर अन्य खेलहरुमा चेन्नईको ब्याटिङ लाईनले बिपक्षी खेलाडीहरु माथि खासै दबाब बनाउन सकेको जस्तो देखिएन । हरभजन सिंह युएईमा जारी आईपीएलमा म्याच विनर साबित हुन सम्भावान थियो तर उनले टोलीबाट नाम फिर्ता लिएपछि चेन्नईको स्पिन डिपार्टमेन्टमा नै उथल पुथल भयो । हुनत टोलीमा अनुभवी स्पिनर पनि रहेका छन तर उनीहरुको प्रदर्शन खासै हेर्न लायक रहेको छैन ।

विश्व क्रिकेटमा जहिले पनि विस्फोटक विकेटकिपर तथा फिनिसरको नाम आउदा त्याहा पहिलो नाम महेन्द्र सिंह धोनीको आउछ । अन्तराष्ट्रिय क्रिकेबाट अलविदा भईसकेका धोनीको नाम आईपीएलमा पनि बिभिन्न किर्तिमान बनाउने एक खेलाडीको रुपमा आउछ । तर जारी सिजनमा धोनीको ब्याटिङबाट म्याच विनिङ पारी एउटा पनि देखिएको छैन । साथै पारीलाई तिव्र गतिमा अगाडी बढाउने ब्याटिङ पनि यो सिजनमा अहिले सम्म धोनीको ब्याटबाट देखिएको छैन । यो सिजनमा धोनीको जिम्मेबारी अन्य कुनै खेलाडीको काधँमा गएको जस्तो देखिन्छ । माहिले जारी सिजनको १० खेलमा २७.३३ को औसतमा मात्र १६४ रन बनाएका छन ।

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले टोलीका लागि कप्तानको रूपमा प्रदर्शन गरेनन भन्ने कुरा कमै मात्र सुनिन्थ्यो । तर जारी सिजनमा महेन्द्र सिंह धोनीले केही यस्ता निर्णयहरु लिएका छन जस्को नतिजा अकल्पनिय रहेको छ जुन देखेर हरेक क्रिकेट फ्यानहरु निराश भएका छन । आईपीएलको ईतिहासमा सबैभन्दा सफल कप्तान मध्ये एक धोनीले चेन्नइलार्ई ३ पटक आईपीएल च्याम्पियन बनाएका छन । तर उनको लागि २०२० को आईपीएल एकदमै खराब रहयो । ब्याटसम्यानका रुपमा असफल भएका धोनी यसपटक कप्तानको रुपमा पनि सफल हुन सकेनन । उनले पछिल्लो सिजनमा पर्पल क्याप जितेका ईमरान ताहीरलाई एउटा पनि खेलमा सुरुवाती ११ मा राखेनन । साथै युवा खेलाडीहरुलाई पनि धेरै मौका दिएनन । किन युवा खेलाडीहरुलाई मौका नदिएको भन्ने प्रश्नमा उनले युवा खेलाडीहरुमा स्पार्क नदेखिएको प्रतिक्रिया दिए । धोनीको टोली २०२० आईपीएलको प्लेअफबाट बाहिरी सकेको छ र आईपीएल ईतिहासमा चेन्नई टोली पहिलो पटक प्लेअफमा ठाँउ बनाउनबाट चुकेको हो ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *