वरिष्ठ पत्रकार माधव रिमालको ९६ वर्षको उमेरमा निधन

डिसी नेपाल
६ कार्तिक २०७७ १५:२३
208
Shares

काठमाडौं। वरिष्ठ पत्रकार माधवकुमार रिमालको ९६ वर्षको उमेरमा बुधबार बेलुका निधन भएको छ। स्पटलाइट न्युज म्यागेजिनका प्रधानसम्पादन रहेका रिमालको बुधबार राति निधन भएको हो।

तत्कालीन राजा वीरेन्द्रलाई भेट्ने अन्तिम सर्वसारधण रिमाल लामो समयसम्म सरकारी सेवामा कार्यरत थिए। वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीका अनुसार स्वर्गीय रिमाल २०१५ सालमा भएको आम निर्वाचनमा निर्वाचन अधिकृत भएर धनकुटा गएका थिए।

यसैगरी रिमाल पाकिस्तान विभाजन हुनुपूर्व पाकिस्तानका लागि महावाणिज्यदूत भएका थिए भने तुलसी गिरी प्रधानमन्त्री हुँदा उनी विशेष भूमिका लगायत विभिन्न ओदाहामा रहेर सेवा गरेका थिए।

९६ वर्षको उमेरमा पनि रिमालमा कुनै शारीरिक समस्या थिएन। तर बुधबार विहान अक्सिजनको कमी भएको थियो र त्यसको केही समयपछि उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनको बुधबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *