महिला टी २० च्यालेन्जका लागि खेलाडीहरु युएईमा

डिसी नेपाल
७ कार्तिक २०७७ १०:३२

काठमाडौं । भारतीय महिला क्रिकेटरहरु महिला टी २० च्यालेन्जको लागि युएई पुगेका छन । मिनी महिला आईपीएलको नामले चर्चित महिला टी २० च्यालेन्ज शारजाहमा ४ देखी ९ नोभेम्बर सम्म हुनेछ ।

पुरुष खेलाडीहरु जस्तै महिला खेलाडीहरुले पनि युएईमा वायो बबलमा जानु अघि ६ दिन अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्ने छन । क्वारेन्टाईनको पहिलो, तेस्रो र पाँचौ दिन खेलाडीहरुको कोरोना परिक्षण गरिने छ । प्रतियोगितामा ३ टोलीहरु सुपर नोवाज, ट्रेलब्लेजर्स र वेलोसिटीले सहभागीता जनाएको छ । टोलीको कप्तानी मिताली राज, स्मृति मंधाना र हरमनप्रीत गर्नेछिन । टोलीका बिदेशी खेलाडीहरुमा डोटिन, सोफी एकलेस्टोन, डेनियल वयाट, सी. अटापट्टू रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *