आइपिएलको प्लेअफबाट बाहिरिए धोनी, घरबाट पत्नी साक्षीले पठाइन् यस्तो सन्देश

डिसी नेपाल
१० कार्तिक २०७७ ११:४१

काठमाडौं। इण्डियन प्रिमियर लिगको प्लेअफ दौडबाट चेन्नइ सुपरकिंग्स बाहिरिएको छ । चेन्नइ आइपिएलको प्लेअफ पुग्न नसकेको यो इतिहासमै पहिलो पटक हो । यसअघि चेन्नइ सुपरकिंग्स खेलेका हरेक सिजन प्लेअफ पुगेको थियो । २०१६ र २९१७ मा भने चेन्नइ प्रतिबन्धमा परेर खेलेको थिएन । चेन्नइका कप्तान महेन्द्र सिंह धोनी आइपिएलको प्लेअफ पुग्न नसकेको यो दोस्रो पटक हो । २०१६ मा राइजिङ पुणे सुपरजाइन्टसबाट खेल्दा पनि धोनी प्लेअफ पुग्न सकेका थिएनन् ।

 

View this post on Instagram

 

💛

A post shared by Sakshi Singh Dhoni (@sakshisingh_r) on

हिजो भएको खेलमा चेन्नइले रोयल च्यालेन्जर्स बैंगलोरलाई जितेको थियो तर अर्को खेलमा राजस्थान रोयल्सले जितेपछि चेन्नइको शीर्ष ४ मा पर्ने सम्भावना पूर्ण रुपमा समाप्त भएको हो । मुम्बइ इण्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले समान ११ खेलबाट समान १४ अंक जोडेका छन् । यी तीनवटै टिम प्लेअफ पुग्ने तय छ । चौथो टिमको दौडमा कोलकाता नाइटराइडर्स, सनराइजर्स हैदराबाद, किंग्स ११ पंजाब र राजस्थान रोयल्स छन् । चेन्नइ बाहिरिएको छ । कोलकाताले ११ खेलमा १२ अंक जोडेर अहिले चौथो स्थानमा छ । किंग्स ११ पैजाबले ११ खेलमा १० तथा राजस्थान रोयल्सले १२ खेलमा १० अंक जोडेर क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । सनराइजर्सको ११ खेलमा ८ अंक छ ।

चेन्नइ बाहिरिएपछि कप्तान धोनीकी पत्नी साक्षीले सामाजिक संजालमा चेन्नइ सुपरकिंग्सका लागि कविता पोस्ट गरेकी छिन् । चेन्नइ सुपरकिंग्सको आधिकारिक ट्वीटर ह्याण्डलबाट पनि साक्षीको कविता शेयर गरिएको छ । साक्षीले यो खेलको एक हिस्सा भएको जहाँ केहीले हार्ने र केहीले जित्ने उल्लेख गरेकी छिन् । उनले चेन्नइ र धोनीलाई पहिले पनि विजेता रहेको र अहिले पनि विजेता भएको बताएकी छिन् । उनले सच्चा योद्धाहरुले संघर्ष गर्ने बताउँदै आफ्नो भावनामा नियन्त्रण राख्न भनेकी छिन् । उनले चेन्नइलाई सुपर किंग भन्दै विजेता थिए र विजेता नै रहने बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *