बर्दियामा बाघको आक्रमणबाट दुईको मृत्यु

डिसी नेपाल
११ कार्तिक २०७७ १९:४२
504
Shares

बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।

धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

एक साताअघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन–३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको तथा केही महिना पहिले एक बालकको मृत्यु भएको थियो ।

नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले भारतीय सीमावर्ती क्षेत्रमा भएको बाघले पटक पटक आक्रमण गर्ने गरेको बताउँदै नरभक्षी हुन सक्ने भएकाले तत्काल बैठक बसेर नियन्त्रणका लागि पहल गरिने आश्वासन दिए ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *