आइपिएलमा जसप्रित बुमराहको शतक, पहिलो र १०० औं शिकार दुवै विराट कोहली
काठमाडौं। इण्डियन प्रिमियर लिगमा मुम्बइ इण्डियन्सका बलर जसप्रित बुमराहले १०० विकेट लिएका छन् । बुधबार बेलुकी रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा बुमराहले आफ्नै राष्ट्रिय टिमका कप्तान विराट कोहलीको विकेट लिँदै शतक पूरा गरेका हुन् । बुमराहले कोहलीलाई सौरभ तिवारीको हातबाट क्याच आउट गराए ।
बुमराहको शतकमा रोचक संयोग बन्यो । बुमराहले आइपिएलमा पहिलो विकेट पनि विराट कोहलीकै लिएका थिए । २०१३ को अप्रिल ४ मा बैंगलोरमा भएको खेलमा बुमराहले कोहलीलाई एलबिडब्लु आउट गरेका थिए । यो खेलमा बुमराहले कोहलीसँगै मयंक अग्रवाल र करुण नायरको विकेट लिएका थिए । यो खेल मुम्बइले २ रनले हारेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment