पहिलो टी–२०मा पाकिस्तानको सहज जित

डिसी नेपाल
२२ कार्तिक २०७७ १९:३९
120
Shares

काठमाडौं । जिम्बावेसंगको पहिलो टी२० खेलमा पाकिस्तानले जित हासिल गरेको छ। पाकिस्तानको रावलपिन्डी स्थित पिन्डी क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा घरेलु टोलीले ६ विकेटको सहज जित हासिल गरेको हो।

जिम्बावेले दिएको १५७ रनको लक्ष्य पाकिस्तानले १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो। पाकिस्तानका लागि कप्तान बाबर आजमले ८२ रन बनाए। यस्तै मोहम्मद हफिजले ३६ रन बनाउँदा फखर जमानले १९ रन बनाए। जिम्बावेका ब्लेसिंग मुजारबानीले २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो। त्यसका लागि विस्ली माधभेरेले आक्रमक ब्याटिङ गरे । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४८ बलमा ९ चौंका र १ छक्काको मद्दतले अविजित ७० रन बनाए । पाहुना टोलीका अन्य खेलाडीहरुमा ओपनर ब्रेन्डेन टेलरले (२०), सेन विलियम्सले (२५), ईल्टोन चिगुम्बाले (२१) रन बनाउँदा अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । बलिङमा पाकिस्तानका लागि हसिफ रौफ र वाहाव रियाजले समान २–२ तथा उसमान कदिर र मोहम्मद हासिनले एक–एक विकेट लिए ।

जितसंगै घरेलु टोली पाकिस्तानले ३ खेलको टी२० सिरिजमा अग्रता बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.