पारस खड्काले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण (फोटोफिचर)

डिसी नेपाल
२४ कार्तिक २०७७ १६:३८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्व कप्तान पारस खड्काले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण गरेका छन्। आज पारस खड्का र क्रिकेट एसोसियसन नेपाल (क्यान)का सदस्य छुम्बी लामाले उक्त मैदानको भ्रमण गरेका हुन्।

कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी यसको निर्माण गरिरहेको छ। भरतपुर महानगरपालिका–१६ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कुल लागत खर्च ३ अर्बको छ ।

अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशालाका अतिरिक्त दुइटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, ब्याडमिन्टन र टेनिस कोर्ट पनि बनाइने लक्ष्य छ ।

तस्वीरः सुरज शाक्य




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *