अपाङ्गता भएका दाजुभाइलाई घरमै नागरिकता
लमजुङ । लमजुङमा अपाङ्गता भएका दाजुभाइलाई जिल्ला प्रशासन कार्यालयद्धारा घरमै नागरिकता वितरण गरिएको छ ।
जिल्लास्थित सुन्दरबजार नगरपालिका वडा नं २ का कृष्णबहादुर अधिकारीका छोरा २७ वर्षीय कुमार अधिकारी र २५ वर्षीय कमल अधिकारीलाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयले आज नागरिकता वितरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अपाङ्गता भएका दाजुभाइको घरमै पुगेर उहाँहरुलाई नागरिकताको प्रमाण–पत्र वितरण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी शार्माले भने, “कार्यालयमा आई नेपाली नागरिकताको प्रमाण–पत्र लिन शारिरीक अवस्थाका कारण उत्पन्न असहजता महसुश गर्दै घरमै पुगेर नागरिकता दिएका हौं ।”रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment