शाहिद आफ्रिदीलाई शून्यमै बोल्ड गरेपछि बलरले हात जोडेर माफी मागे
काठमाडौं। दायाँ हाते तीब्र गतिका बलर हरिस रउफले पाकिस्तान सुपर लिग अन्तर्गत दोस्रो एलिमिनेटरमा लाहोर कलन्दर्स र मुल्तान सुल्तान्सबीच भएको खेलमा आफ्नो स्टाइलले निकै चर्चा बटुलेका छन् । उनले बुम बुम आफ्रिदी भनेर चिनिने विष्फोटक ब्याट्सम्यान शाहिद आफ्रिदीलाई पहिलो बलमै शून्य रनको स्कोरमा बोल्ड गरिदिए त्यसपछि हात जोडेर माफी मागे ।

मुल्तान सुल्तान्सको तर्फबाट खेलिरहेका आफ्रिदी १४ औं ओभरमा ब्याटिङ गर्न आएका थिए । तर, रउफले उनलाई पहिलो बलमा शून्य रनको स्कोरमै आउट गरिदिए । जब रउफको बल आफ्रिदीलाई छक्काउँदै स्विङ भएर स्टम्पमा लाग्यो तत्कालै रउफले हात जोडेर आफ्रिदीसँग माफी मागे । पाकिस्तान सुपर लिगको ट्वीटर ह्याण्डलमा पनि यो भिडियो पोस्ट गरिएको छ । भिडियोमा रउफले आफ्रिदीसँग भनिरहेका छन् ‘माफ करना लाला ।’
LALA I’M SORRY ???#HBLPSLV #PhirSeTayyarHain #MSvLQ pic.twitter.com/QoMJG5Lhht
— PakistanSuperLeague (@thePSLt20) November 15, 2020
रउफले पछि आफरिदी आफूभन्दा सिनियर भएकोले आफूले यस्तो गरेको बताएका छन् । कलन्दर्सले यो खेल २५ रनले जित्यो । यो खेलमा रउफले ३ विकेट लिएका थिए । कलन्दर्सले अब मंगलबार बराची किंग्सविरुद्ध फाइनल खेल्नेछ । रउफले पाकिस्तानको लागि दुई एकदिवसीय र ८ टि–२० खेलिसकेका छन् ।
#ICYMI: Lahore Qalandars beat Multan Sultans in Eliminator 2, setting up a clash in the #PSL2020 final against Karachi Kings ?#MSvLQ
— ESPNcricinfo (@ESPNcricinfo) November 16, 2020
यसअघि पिएसएलमै आफ्रिदी आफ्नो हेल्मेटका कारण चर्चामा आएका थिए । त्यतिबेला उनी निकै असुरक्षित डिजाइन भएको हेल्मेट लगाएर मैदानमा उत्रिएका थिए । उनको हेल्मेटमा ग्रीलको माथिल्लो भाग थिएन । यस्तोमा उनको अनुहार र आँखामा सजिलै बल लाग्न सक्थ्यो । यो निकै खतरनाक देखिएको थियो ।







डिसी नेपाल








Facebook Comment