विलियमसन र बोल्टलाई बाहिर राख्दै न्युजिल्यान्ड टोलीको घोषणा
काठमाडौं । वेस्टईन्डिज विरुद्वको टी–२० सिरिजको लागि न्युजिल्यान्ड टोलीको घोषणा गरिएको छ । टोलीबाट नियमित कप्तान केन विलियमसन र स्टार खेलाडी ट्रेन्ट बोल्टलाई बाहिर राखिएको छ । साथै अनुभवी ब्याटसम्यान कालिन मुनरोलाई पनि टोली बाहिर राखिएको छ । सोमवार घोषणा गरिएको १३ सदस्य टोलीमा बलर टिम साउदीलाई कप्तानको जिम्मेवारी दिईएको छ ।
आईपीएल खेलेर फर्केका नियमित कप्तान केन विलियमसन स्टार खेलाडी ट्रेन्ट बोल्टलाई आराम दिईएको छ । आक्रमक ब्याटसम्यान कालिन मुनरो अष्ट्रेलियामा सुरुहुने बिग बाश लिगमा सहभागिता जनाउदै छन । उनलाई पनि चयनकर्ता हरुले टोली बाहिर राखेका छन । वेस्टईन्डिज विरुद्व हुने तिन खेलको टी–२० सिरिजमा दुबै खेलको कप्तानी टिम साउदीले गर्नेछन । तेस्रो तथा अन्तिम खेलका लागि डग ब्रेसवेललाई कप्तानको जिम्मेवारी दिईएको छ । सार्वजनिक गरिएको टोलीमा २९ बर्षीय डेवोन कोनवेले पहिलो पटक टी–२० मा स्थान बनाएका छन । यसका साथै काइल ज्यामिसनले पहिलो पटक टी–२० मा डेब्यु गर्ने मौका पाएका छन ।
न्युजिल्यान्ड टोली : टिम साउदी (पहिलो दुई खेलमा कप्तान), डग ब्रेसवेल, हामिश बेनेट, डेवोन कानवे, लोकी फर्ग्युसन, मार्टिन गप्टिल, काइल ज्यामिसन, ड्यारिल मिचेल, जेम्स नीशम, मिचेल सैन्टनर, इश सोढ़ी, ग्लेन फिलिप्स, टिम साइफर्ट, रोस टेलर।
No ads found for this position


डिसी नेपाल
Facebook Comment