मार्चदेखी क्रिकेट डिभिजन–२ सुरु गर्न आईसीसीको प्रस्ताव

डिसी नेपाल
३ मंसिर २०७७ १३:२५

काठमाडौं । कोरोनाका कारण स्थगित भएको आईसीसी विश्वकप छनौट लिग–२ का खेलहरु मार्चबाट सुरु गर्न आईुसीसीले प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले आईसीसीले उक्त प्रस्ताव गरेको जनाएका छन । क्यान वार्षिक उत्सवको उपलक्ष्यमा बोल्दै चन्दले आईसीसीले मार्चमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणत्मक एकदिवसीय सिरिज मार्चमा गर्न आयोजक राष्ट्र ओमान, नेपाल र अमेरिकालाई प्रस्ताव गरेको जनाएका छन । यसबीच क्यानले उक्त सिरिजका लागि ८–१० दिनमै नेपाली क्रिकेटको बन्द प्रशिक्षण सुरु गर्ने जनाएको छ । क्यानले टियु रंगाशालामा अस्थायी होस्टल निर्माण गरेर प्रशिक्षण सुरु गर्ने अध्यक्ष चन्दले बताए ।

आईसीसी विश्वकप छनौट लिग–२ अन्तर्गत नेपालले अहिले सम्म एकमात्र सिरिज खेलेको छ । गत फेबु्रवरी महिनामा काठमाडौंमा भएको उक्त सिरिजमा आयोजक राष्ट्र नेपाल, ओमान र अमेरिकाबीच भएको थियो । सिरिजमा नेपालले दुई खेल जितेको थियो । सात राष्ट्र सहभागी विश्वकप छनौट लिग–२ को अंक तालिकामा नेपाल ४ अंक सहित छैठौ स्थानमा रहेको छ । ४ खेल खेलेको नेपालले २ खेलमा जित निकालेको छ भने २ मा हार ब्योहोरेको छ । विश्वकप छनौट लिग–२ अन्तर्गत नेपालले २०२२ सम्म सहभागि राष्ट्रहरुसँग होम एण्ड अबेको आधारमा सिरिजहरु खेल्नेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *