राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

डिसी नेपाल
४ मंसिर २०७७ १७:०९

काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बङलादेश गएको नेपाली फुटबल टोली बिहीवार स्वदेश फिर्ता भएको छ । टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगेका थिए । टोलीसँगै नेपाली टोलीका कप्तान एवम गोलकिपर किरण चेम्जोङ फर्किएका छैनन । उनी आई लिग खेल्न बङलादेश प्रस्थान गरेका छन । नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय पनि कोरोना पोजेटिभ देखिएका कारण बङलादेशमै रहेका छन । हाल उनी ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा आईसोलेसनमा रहेका छन । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

नेपाली टोली केहि साता अघि मैत्रीपूर्ण खेल खेल्न बङलादेश पुगेको थियो । करिब सात महिना कोरोना महामारीका कारण अभ्यास गर्न नपाएको नेपाली टोली केहि दिनको अभ्यास गरेर बङलादेश पुगेको थियो । गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बङ्गलादेशसित २–० गोलले पराजित भएको थियो भने मङ्गलबार भएको दोस्रो खेल बङ्गलादेशसित गोलरहित बराबरी खेलेको थियो । मैत्रीपूर्ण खेलमा नेपालका लागि विकास खवास, एरिक बिष्ट, दर्शन गुरुङ, छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहान्ङ आङदेङबेले नेपालका लागि डेब्यु गरेका थिए । बङलादेशबाट फर्किएका टोलीहरुलाई हाल एन्फा कमप्लेक्समा राखिएको एन्फाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *