उपत्यकामा थपिए १ हजार ७ संक्रमित, देशभर कहाँ कति संक्रमित ? (तथ्यांकसहित)

डिसी नेपाल
८ मंसिर २०७७ १६:४६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ३८१ नमुना परीक्षण गर्दा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३३७ पुगेको छ।

यस्तै हालसम्म ६२९ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख ७० हजार ४५६ जनाको पीसीआर परिक्षण भएको छ ।

तथ्यांक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *