बुद्धिचाल प्रतियोगिताका लागि जि मोटर्सको साथ

डिसी नेपाल
८ मंसिर २०७७ १६:५७

काठमाडौं । मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक विक्रेता जि मोटर्स प्रा.लि. ले प्रायोजन गर्ने भएको छ । क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ र जि मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले सो सम्बन्धी सम्झौता पत्रमा नक्सालस्थित जि मोटर्सको कार्यालयमा सोमबार हस्ताक्षर गरे । हाल तीन वर्षका लागि सम्झौता गरिएको प्रबन्ध निर्देशक गेलालले जानकारी गराए । गेलालले आफ्नो संस्था र बुद्धिचाल खेलको प्रवद्र्धनका लागि क्लबसंग सम्झौता गरिएको बताउदै तीन वर्षपछि पनि अवस्था हेरर सम्झौता थप गर्न सकिने संकेत गरे ।

अध्यक्ष श्रेष्ठले बुद्धिचाल मार्फत विश्वमा नेपाललाई चिनाउनु आफ्नो उद्देश्य रहेको बताउदै धेरै भन्दा धेरै प्रतियोगिता हुने वातावरण बनाउन सकेको खण्डमा मात्र त्यो उद्देश्य पूरा गर्न सकिने धारणा व्यक्त गरे । उनले क्लब संग सहकार्य गरेकोमा जि माटर्सलाई धन्यवाद दिदै कोरोना भाइरसको जोखिम न्युनिकरण भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा तयारी थाल्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *