सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमिटेक पुरस्कार २०२० मा “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ ।
रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिस्पर्र्धीहरुले सहभागिता जनाएका थिए ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो ।
यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ््नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झन चुस्त ,दुरुस्त , छिटो छरिता एवं प्रभावकारी गराउन कोशिश गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुश गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment