पीसीआर रिर्पोट आएपछि फुटबल खेलाडीहरुलाई बिदा

डिसी नेपाल
९ मंसिर २०७७ १३:१८

काठमाडौं । बङलादेशबाट मैत्रिपूर्ण फुटबल खेलेर आएका खेलाडीहरुले १५ दिने बिदा पाएका छन । बिहीवार नेपाल फर्किएका खेलाडीहरुलाई एन्फाले क्वारेन्टिनमा राखेको थियो । क्वारेन्टिनमा रहेका सम्पूर्ण खेलाडीहरुको सोमवार पीसीआर परिक्षण गरिएको थियो । मंगलवार सम्पूर्ण खेलाडीहरुको रिर्पोट नेगेटिभ आएको छ । रिर्पोर्ट आएपछि सम्पूर्ण खेलाडीहरुलाई एन्फाले १५ दिनको लागि रिलिज गरेको छ ।

नेपाली टोली केहि साता अघि मैत्रीपूर्ण खेल खेल्न बङलादेश पुगेको थियो । करिब सात महिना कोरोना महामारीका कारण अभ्यास गर्न नपाएको नेपाली टोली केहि दिनको अभ्यास गरेर बङलादेश पुगेको थियो । गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बङ्गलादेशसित २–० गोलले पराजित भएको थियो भने मङ्गलबार भएको दोस्रो खेल बङ्गलादेशसित गोलरहित बराबरी खेलेको थियो । मैत्रीपूर्ण खेलमा नेपालका लागि विकास खवास, एरिक बिष्ट, दर्शन गुरुङ, छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहान्ङ आङदेङबेले नेपालका लागि डेब्यु गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *