पारसलाई भोट गर्न सन्दीपको आग्रह तर भोटिङ लिंक खुल्दैन

डिसी नेपाल
९ मंसिर २०७७ १८:२३

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको दशककै उत्कृष्ट एशोसिएट प्लेयर अवार्डको मनोनयनमा पूर्व पारस खडका परेका छन । आईसीसीले मंगलवार जारी गरेको मनोनयमा पारस सहित अन्य एशोसिएट राष्ट्रका खेलाडीहरु पनि परेका छन । एशोसिएट प्लेयर अवार्डको मनोनयनमा पारस परेपछि नेपाली क्रिकेट खेलाडीहरुले भोट गर्दे अन्य खेलाडी तथा खेलकुद समर्थकहरुलाई पनि भोट गर्न आग्रह गरेका छन ।

नेपाल स्टार क्रिकेटर सन्दीप लामिछानेले पनि पारसलाई भोट गर्दे सामाजिक संजालमा लेखेका छन, मैले वाहालाई भोट गरिसके, के तपाईहरुले गर्नुभयो ? सन्दीपले सामाजिकमा पारसलाई भोट गर्ने लिंक पनि सेयर गरेका छन । सामाजिक संजालमा सन्दीप लगायत कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी लगायत अन्य खेलाडी तथा किक्रेट समर्थकहरुले पारसलाई भोट गर्न आग्रह गरेका छन । तर आईसीसीले सार्वजनिक गरेको भोटिङ लिंक खुलेको छैन । आईसीसीको मनोनयमा नेपालका पारस खडका सहित स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् । उत्कृष्ट एशोसिएट प्लेयरको छनौट भोटिङबाट गरिने आईसीसीले जनाएको छ । सन २०१५ मा यू–१५ बाट क्रिकेट खेल्न थालेका पारसले २००९ बाट नेपाली क्रिकेट टोलीको कप्तानको बागडोर सम्हालेका थिए । पारसको १० बर्षे कप्तानी करियरमै नेपालले टी–२० विश्वकप सहित पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । २०७६ असोज २८ मा कप्तानी छाडेका पारस अहिल पनि राष्ट्रिय क्रिकेट टोलीको सदस्यको रुपमा नियमित रुपमा खेलीरहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *