नेपाललाई आमन्त्रण गरिएको चारदेशीय श्रंखला स्थगित

डिसी नेपाल
९ मंसिर २०७७ १९:१६

काठमाडौं । कतार क्रिकेट संघले दोहामा आयोजना गर्ने योजना बनाएको कतार, नेपाल, युगान्डा र मलेशियाबीचको चारदेशीय श्रृंखला स्थगित भएको छ । कोभिड–१९ का कारण श्रृंखला आयोजनाको लागि कतार सरकारले अनुमति नदिईएको जनाईएको छ । श्रृंखला डिसेम्बर १५ बाट सुरु गर्ने कतार क्रिकेटले योजना बनाएको थियो । श्रृंखला हुने भएपछि चारवटै राष्ट्रका समर्थकहरुले कोरोना महामारीको बीचमा एसोसियट राष्ट्रहरुमा पनि क्रिकेटले पुनरागमन गर्ने आस गरेका थिए ।

कतार क्रिकेट संघले प्रतियोगितामा सहभागिताका लागि नेपाल, मलेसिया र युगान्डाका क्रिकेट निकायहरुलाई पत्र पठाएको थियो । प्रतियोगितामा मलेसिया र युगान्डाले सहभागिता जनाउने तय भएपनि नेपालले प्रतियोगितामा यसअघि नै सहभागिता नजाउने बताएको थियो । यो प्रतियोगिता युगान्डाका प्रशिक्षक लारेन्स महात्लेनको पहिलो प्रतियोगिता रहेको थियो । युगान्डाको राष्ट्रिय टोली सम्हालेपछि उनले कुनैपनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाएका छैनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *