इशान्त र रोहित अष्ट्रेलिया विरुद्धको पहिलो दुई टेस्टबाट बाहिर

डिसी नेपाल
९ मंसिर २०७७ २१:५५
16
Shares

काठमाडौं । तीव्र गतिका बलर इशान्त शर्मा र ब्याट्सम्यान रोहित शर्मा अष्ट्रेलिया विरुद्धको टेष्ट श्रृखंलाको पहिलो दुई टेष्ट खेलबाट बाहिरिएका छन् । भारतले अष्ट्रेलियामा चार म्याचको टेष्ट श्रृखंला खेल्नेछ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार इशान्त शर्मा बलिंगका लागि फिट देखिएपनि टेष्ट श्रृखंलामा बलिंगको चाप वहन गर्न कम्तीमा दुई साता पूर्णरुपमा तयारी गर्नुपर्ने देखिएको छ । टेष्ट श्रृखंलामा सहभागी हुन एकजना बलरले फिटनेस परीक्षणमा २० ओभर बलिंग गरेपछि मात्रै फिट घोषित गरिन्छ । तर अभ्यास अघि भारतबाट अष्ट्रेलिया प्रस्थान गरेपछि उनले १५ दिनको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएकोले जनवरी सातमा सुरु हुने तेस्रो टेष्टमा सहभागी हुन समेत कठिन देखिएको छ ।

इन्डियन प्रिमियर लिगको क्रममा घाइते भएका ब्याट्सम्यान रोहित शर्माको फिटनेस सुधारिएको देखिए पनि यात्राका लागि डिसेम्बर दोस्रो साता मात्रै अनुमति पाउनेछन । अष्ट्रेलिया पुगेको अवस्थामा पनि रोहितलाई पूर्ण स्वस्थ्य हुन कम्तीमा दुई साता लाग्ने बताइएको छ । बीसीसीआईका एक अधिकारीले भने आईपीएल सकिएपछि यूएईबाट सिड्नी प्रस्थान गरेको भए रोहितका लागि उपयुक्त हुने भए पनि त्यसो हुन नसक्दा उनी पहिलो दुई टेष्ट खेलका लागि उपलब्ध हुने सम्भावना कम रहेको बताए । सिड्नी प्रस्थान गरेको टोलीमा जसप्रित बुमराह, उमेश यादब, मोहम्मद सामी र मोहम्मद सिराज तीव्र गतिका बलर उपलब्ध छन् । आवश्यक परेमा कात्र्तिक त्यागी, कमलेश नगरकोटी र इशान पोरेल समेत आरक्षित खेलाडीहरु छन् ।रोहितको अनुपस्थितिमा टोली व्यवस्थापनले श्रेयस ऐयरलाई नियमित एघारमा राख्ने सम्भावना बढेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *