कप्तान ज्ञानेन्द्र, उपकप्तान दिपेन्द्रलगायत तीनजना क्रिकेटर कोरोना पोजेटिभ
काठमाडौं। नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजना क्रिकेटर कोरोना संक्रमित भएका छन्। बन्द प्रशिक्षणका लागि बोलाइएका क्रिकेटरहरुको मंगलबार स्वाब संकलन गरिएको थियो। बुधबार आएको पीसीआर परीक्षण रिपोर्टअनुसार कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई कोरोना संक्रमण भएको छ।
कप्तान मल्लले सामाजिक सञ्जालमार्फत आफू कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्। उनले आफूमा कुनै लक्षण नभएको र स्वास्थ्य अवस्था सामान्य रहेकोसमेत बताएका छन्। उनले पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहनसमेत आग्रह गरेका छन्।
नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार ऐरी र पौडेलको पनि रिपोर्ट पोजेटिभ आएको छ। अन्य केही खेलाडीको रिपोर्ट भने आइसकेको छैन। भोलिसम्म अन्य खेलाडीको पनि रिपोर्ट आइसन्के क्यान स्रोतले बतायो।
Covid-19 Test prior to the national cricket team’s close camp starting November 26, 2020.
Following Players and staff have been tested positive
1. Captain – Gyanendra Malla
2. Vice-Captain – Dipendra Singh Airee
3. Player – Rohit Kumar Poudel
4. Staff – Pradeep Lama— CAN (@CricketNep) November 25, 2020
क्यान स्रोतका अनुसार बसन्त रेगमी, शरद भेषवाकर, सन्दीप लामिछाने लगायत ६ जनाको भने स्वाब संकलन नै गरिएको छैन।
क्यानले ११ गतेदेखि बन्द प्रशिक्षण शुरु गर्ने भन्दै २२ जना खेलाडीलाई बोलाएका थियो। स्वास्थ्य मापदण्डअनुसार प्रशिक्षण शुरु गर्नुअघि कोरोना परीक्षण गरिएको हो। टिमका महत्वपूर्ण खेलाडीहरुमा कोरोना देखिएका कारण प्रशिक्षणसमेत प्रभावित हुने देखिएको छ।
https://www.facebook.com/gyanendra.malla.92/posts/3927594843937058
No ads found for this position

डिसी नेपाल
Facebook Comment