सुरुका १९ बलमा विकेट नगुमाइ ५८ रन, १ रन थप्दा ५ जना आउट !
काठमाडौं। न्यूजिल्याण्ड र वेष्ट इण्डिजबीच न्यूजिल्याण्डको अकल्याण्डमा भइरहेको पहिलो टि–२० खेल निकै नाटकीय तरिकाले मोडिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले सुरुवाती ३ ओभर र १ बलमै आक्रामक रुपमा ५८ रन जोडेको थियो ।
सुरुवाती तीन ओभरमा ओपनर आन्द्रे फ्लेचरले १३ बलमै ३४ रन बनाएका थिए । ब्राण्डन किंगले ८ बलमा १३ रन बनाएका थिए । ११ रन त न्यूजिल्याण्डले एक्स्ट्रा नै दिएको थियो । जसमध्ये ९ रन वाइड र २ रन नो बलको थियो ।
तर, २० औं बलपछि खेल नाटकीय तरिकाले मोडियो । चौथो ओभरको दोस्रो बलमा आन्द्रे फ्लेचर बोल्ड भए । त्यसपछिका तीन बल डट खेलेर ओभरको अन्तिम बलमा शिमरन हेटमेयर पनि शून्यमै आउट भए । चौथो ओभरको पहिलो बल डट खेलेर ब्राण्डन किंग दोस्रो बलमा आउट भए । त्यसपछि २ बल खेलेर ओभरको पाँचौं बलमा रोभमन पावेल पनि शून्यमै आउट भए ।
पाँचौं ओभरको अन्तिम बलमा निकोलस पूरनले एक रन जोडे । तर, छैटौं ओभरको पहिलो बलमै निकोलस पूरन पनि आउट भए । ५८ रनको स्कोर बनाउँदासम्म कुनै विकेट नगुमाएको वेष्ट इण्डिजले त्यसपछिका १२ बलमा १ रन मात्र जोड्न सक्यो र ५ विकेट गुमायो । खेल यतिसम्म नाटकीय स्थितिले मोडियो कि ५८–० को स्थितिमा रहेको वेष्ट इण्डिज ५९–५ को स्थितिमा पुग्यो ।
त्यसपछि भने वेष्ट इण्डिज सम्हालिएर खेलिरहेको छ । १० ओभरको खेल सकिँदासम्म उसले ९६ रन जोडेको छ र थप विकेट गुमाएको छैन । किरोन पोलार्ड २१ र फाबियन एलेन ८ रनमा खेलिरहेका छन् । १० औं ओभर सकिँदा पानी परेर खेल रोकिएको छ ।







डिसी नेपाल








Facebook Comment