अष्ट्रेलियाद्वारा भारतलाई ३७५ रनको लक्ष्य प्रस्तुत
काठमाडाैं। अष्ट्रेलियाले भारतविरुद्धको पहिलो एकदिवसीयमा ३७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। सिड्निमा जारी पहिलो एकदिबसीयमा टस जतेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ३७४ रन जोड्यो।
अष्ट्रेलियाका कप्तान एरोन फिन्च र स्टेभिन स्मिथले सतकीय पारि खेले। उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाका लगि ओपनि ब्याटस्म्यान डेभिड वार्नर र एरोन फिन्चले १५६ रनको सतकिय साझेदारी गरेका थिए।
यो सँगै अष्ट्रेलियाका कप्तान आरोन फिन्चले एकदिवसीय क्रिकेटमा ५ हजार रन समेत पुरा गरेका छन्। ओपनिङमा आएका फिन्चले छैटौं ओभरमा पाँच हजार रन पुरा गरेका हुन्।
फिन्चले १ सय २६ इनिङ्समा पाँच हजार रन पुरा गरेका हुन्। अष्ट्रेलियाका लागि डेभिड वार्नरले ६९ र गेलेन म्याक्सेवेलले ४५ रनको योगदान गरे।
भारतका लागि बलिङमा मोहमद समीले सर्वाधिक ३ विकेट हात पारे। त्यस्तै जसप्रित बुमराह, युजबेन्द्र चहल र नबदिप सैनीले १ १ विकेट हात पारे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment