अष्ट्रेलियासँग भारत पराजित

डिसी नेपाल
१२ मंसिर २०७७ १८:०५

काठमाडौं । पहिलो एक दिवसीयमा घरेलु टोली अष्ट्रेलियासँग भारत पराजित भएको छ। सिड्नीमा भएको खेलमा पाहुना टोली ६६ रनले पराजित भएको हो । योसँगै अष्ट्रेलियाले शुक्रबारदेखि सुरु भएको सिरिजमा विजयी सुरुवात गरेको छ।

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाले दिएको ३७५ रनको लक्ष्य पछ्याएको भारत निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०८ रनमै समेटियो
। भारतका लागि हार्दिक पांड्याले ९० तथा शिखर धवनले ७४ रन बनाए पनि अन्य खेलाडी राम्रो रन बनाउन सकेनन्। अष्ट्रेलियाका एडम जाम्पाले ४ तथा जोश हेजलवुडले ३ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले आक्रामक ब्याटिङ गर्दै ३७४ रन बनाएको थियो। अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र स्टिभ स्मिथले सतकीय पारी खेले। फिन्चले १२४ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ११४ रन बनाए भने स्मिथले ६६ बलमा ४ छक्का र ११ चौका प्रहार गर्दै १०५ रन बनाए। यस्तै डेपिभड वार्नरले ६९ रन बनाउँदा ग्लेन म्याक्सवेलले आक्रामक ब्याटिङ गर्दै १९ बलमा ४५ रन बनाए। भारतका मोहम्मद शमीले ३ विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *