फिफा वरीयतामा नेपालको स्थान खस्कियो

डिसी नेपाल
१२ मंसिर २०७७ १९:२९

काठमाडौं । फुटलको सर्बोच्च निकाय फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा रहेको छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ । एसियामा भने नेपाल ३४औं स्थानमा छ । नेपाललले केही दिन पहिला बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । जसमा नेपालले २ खेलको सिरिज १–० ले गुमाएको थियो । उक्त सिरिजमा नेपालले पहिलो खेल २–० ले गुमाएको थियो भने दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो । बंगलादेश भने तीन स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ ।

विश्व वरीयताको शीर्ष ६ स्थानमा कुनै परिवर्तन भएको छैन । बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *