फिलिप्सको कीर्तिमानी सतक, वेष्ट ईण्डिजलाई विशाल लक्ष्य
काठमाडौं । वेष्ट ईण्डिजविरुद्धको दोस्रो टी२०मा घरेलु टोली न्यूजिल्याण्डले विशाल लक्ष्य प्रस्तुत गरेको छ । न्यूजिल्याण्डका ग्लेन फिलिप्सको कीर्तिमानी सतकमा पाहुना टोलीले २३९ रनको लक्ष्य प्राप्त गरेको छ। न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो।
फिलिप्सले आक्रामक ब्याटिंग गर्दै टी२०मा न्यूजिल्याण्डको तर्फबाट सबैभन्दा छिटो सतक प्रहार गर्ने खेलाडी बने । उनले ४६ बलमा सतक प्रहार गरी यसअघि कोलिन मनरोको नाममा रहेको रेकर्ड आफ्नो नाम गराए। मनरो सन २०१८ मा वेष्ट ईण्डिज विरुद्ध नै ४७ बलमा सतक प्रहार गरेका थिए। फिलिप्सले ५० बलमा ८ छक्का र १० चौका प्रहार गरी १०८ रन बनाएर आउट भए। यस्तै अर्का ब्याट्सम्यान डेभोन कोन्भेले पनि ३७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६५ रन बनाए।
वेष्ट ईण्डिजका काईरन पोलार्ड, ओशेन थोमस र फाबियन अलेनले १/१ विकेट लिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment