वर्षाका कारण वेस्ट इन्डिजसँगको तेस्रो टी२० रद्द, सिरिज न्युजिल्याण्डलाई

डिसी नेपाल
१५ मंसिर २०७७ १८:०७

काठमाडौं । न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम तथा तेस्रो टी–ट्वान्टी खेल वर्षाका कारण रद्द भएको छ ।

सोमबार घरेलु टोली न्युजील्याण्डले टस जितेर फिल्डीङ गरेको अवस्थामा पानी परेको थियो। खेलमा तेस्रो ओभर चलिरहँदा पानी परेपछि न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको खेल नतिजा विहीन सकिएको हो ।

भारी वर्षा हुनु अघि वेस्ट इन्डिजले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो । अन्तिम खेल रद्द भएसँगै ३ खेलको सिरिज न्युजिल्याण्डले २–० ले जितेको छ। न्युजिल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा न्युजिल्याण्डले ७२ रनको जित निकालेको थियो ।

न्युजिल्याण्ड भ्रमणमा रहको पाहुना टोली वेस्ट इण्डिजले अव दुइ टेस्ट सिरिज खेल्ने तालिका रहेको छ। यी दुइ टोलीबीचको पहिलो टेस्ट ३ डिसेम्बरमा हेमिल्टनमा हुनेछ। त्यस्तै अन्तिम टेस्ट ११ डिसेम्बरमा विलिङटनमा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *