रोनाल्डोले जिते पहिलो पटक गोल्डेन फुट अवार्ड

डिसी नेपाल
१७ मंसिर २०७७ ११:४७
336
Shares

काठमाडौं। पोर्चुगिज राष्ट्रिय टिमका फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड जितेका छन्।

इटालियन क्लब युभेन्ट्समा अवद्ध रोनाल्डोले पहिलो पटक यो अवार्ड जित्ने क्रममा लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि परेका हुन्।

यो सँगै रोनाल्डो गोल्डेन फुट अवार्ड जित्ने १८ औं खेलाडी बनेका छन्। मनोनयनमा परेका १० खेलाडीमध्ये रोनाल्डोले सर्वाधिक मत ल्याएका थिए। मनोनयनमा रोनाल्डो, मेस्सी, लेवान्डोस्की, सलाहसँगै नेयमार, जर्जियो चेलीनी, सर्जियो रामोस, सर्जियो अग्युरो, जेरार्ड पिके र अर्टुरो भिडाल रहेका थिए। गत वर्ष यो अवार्ड रियल मड्रिडका लुका मोड्रिचले जितेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *