युरोपा लिगमा आज राति २४ खेल हुँदै

डिसी नेपाल
१८ मंसिर २०७७ १७:४०
60
Shares

काठमाडौं। युरोपा लिग फुटबल अन्तर्गत बिहीवार राति विभिन्न २४ खेलहरु हुँदैछन्। लिग अन्र्तगतसमूह चरणको चौंथो खेलमा राति विभिन्न १२ समूहका २४ खेलहरु हुने छन्।

प्रिमियर लिग क्लब आर्सनलले समूह चरणको पाँचौं खेलमा अष्ट्रियन क्लब रापिड विनसँग खेल्नेछ। आर्सनल ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको आर्सनल लगातार पाँचौं जित निकाल्ने लक्ष्यमा हुनेछ । आर्सनल यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।

अर्को इंग्लिस क्लब टोटेनहमले अष्ट्रियन क्लब एलएएसकेसँग उसैको घरेलु मैदानमा खेल्नेछ। ४ खेलमा ९ अंक जोडेको टोटेनहम समूहको दोस्रो स्थानमा रहेको छ।

आजको खेलमा जित निकालेमा टोटेनहम नकआउट चरणमा प्रवेश गर्ने छ। त्यस्तै अर्को इंग्लिस क्लब लेष्टर सिटीले युक्रेनी क्लब जोर्यासँग उसैको मैदानमा खेल्नेछ।

एसी मिलानले सेल्टिक, नापोलीले एजे अल्काम, रोमाले योङ्ग ब्वाइज खेल्नेछ। त्यस्तै स्पेनिस क्लब रियल सोसिडाडले रेजिकासँग खेल्दा ग्रानडाले पीएसभी र भिल्ला रियलले सिभासपोरसँग खेल्नेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *