टोटेनहम युरोपा लिगको नकआउट चरणमा
काठमाडौं। युरोपा लिग फुटबलमा टोटेनहमले नकआउट चरणमा प्रवेश गरेको छ। बिहिबार राति समूह सम्पन्न खेलमा टोटेनहमले अष्ट्रियन क्लब लास्कसंग ३–३ गोलको बराबरी खले पनि अंकतालिकाको आधारमा नकआउट चरणमा प्रवेश गरेको हो।
प्रतिस्प्रधात्मक बनेको खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। दोर्षो हाफमा दुइ पटक अग्रता लिए पनि जोगाउन नसक्दा टोटेनहम बराबरीमा चित्त बुझाउनु बाध्य भयो। समूह विजेता बन्नका लागि टोटेनहमलाई अर्को हप्ता एन्टवर्पविरुद्ध घरेलु मैदानमा जित निकाल्न आवश्यक देखिएको छ ।
समूहमा शीर्ष क्लब एन्टवर्पको १२ अंक छ । दोस्रो टोटेनहमको १० अंक छ । यस्तै लास्क भने ७ अंक बटुल्दै समूह चरणबाट लगभग बाहिरिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment