आर्सनलको सहज जित

डिसी नेपाल
१९ मंसिर २०७७ ११:०३
4
Shares

काठमाडौं। युरोपा लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ। बिहीवार राति सम्पन्न खेलमा घरेलु दर्शक समक्ष आर्सनलले अष्ट्रियन क्लब र्यापिट वियनामाथि ४–१ को सहज जित निकालेको हो।

आर्सनलका लागि अलेक्जेन्ड्रे लाकाजेट, पाब्लो मारी, एडवर्ड निक्केयाले र एमिल स्मिथ रोवेले गोल गरे। दोस्रो हाफ सुरु हुने बित्तिकै कोया कितागावाले पाहुना टोलीका लागि एक गोल फर्काएका थिए ।

युरोपा लिगमा सतप्रतिशत नतिजा सहित समूह चरणमा ५ खेलबाट १५ अंक जोडेको आर्सनल यसअघिनै नकआउट चरणमा प्रवेश गरिसकेको छ। समूहको तेस्रो स्थानमा रहेको अष्ट्रियन क्लबको ६ अंक छ। उसको अघिल्लो चरणको गणितिय सम्भावना बाकी नै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *