चेल्सीलाई लिड्सको चुनौति

डिसी नेपाल
२० मंसिर २०७७ १४:३०
56
Shares

काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबल (इपिएल) मा उपाधि दावेदार क्लव चेल्सीले आज राति लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ। चेल्सीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ।

घरेलु मैदानमा चेल्सी लिड्सलाई हराउने लक्ष्यमा हुनेछ। तर, पिमियर लिगमा नवप्रवेशी भए पनि राम्रो प्रर्दशन गरिरहेको बलियो टिम लिड्सविरुद्ध जित निकाल्न सहज भने हुने छैन । चेल्सी १९ अंक जोडेर तालिकाको तेस्रो रहेको छ । शनिबार राति हुने खेलमा लड्सलाई हराउन सके चेल्सील शीर्ष स्थानमा उक्लने छ। लिड्स भने १४ अंक जोडेर १२ औं स्थानमा रहेको छ।

यस्तै अर्को खेलमा एभर्टनले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ। दुई टिमबीचको खेल साँझ सवा छ बजे सुरु हुनेछ। यो सिजन केही राम्रो प्रर्दशन गरिरहेको  एभर्टन आजको खेल जित्दै अंकतालिका सुधार्न चाहान्छ। १६ अंक जोडेको एर्भटन आठौं स्थानमा छ। ५ अंक जोडेको बर्नली रेलिगेसन क्षेत्रमा रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *