वेस्ट ब्रुममाथि क्रिस्टलको गोल वर्षा

डिसी नेपाल
२१ मंसिर २०७७ २३:१२
80
Shares

लण्डन (एजेन्सी)। इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले वेस्ट ब्रुममाथि शानदार जित हात पारेको छ।

आइतबार भएको खेलमा क्रिस्टलले वेस्ट ब्रुममाथि गोल वर्षा गर्नेक्रममा ५-१ गोल अन्तरको जित निकाल्यो।
वेस्ट ब्रुमक मैदानमा क्रिस्टललाई जित दिलाउन विल्फ्रिड जाहा र क्रिस्टियन बेन्टेकेले दुई दुई गोल गरे।

क्रिस्टलले एक गोल आत्मघाती उपहार पाएको थियो भने वेस्ट ब्रुमका कोनोरले एक गोल फर्काए। खेलको आठौं मिनेटमा डर्नेल फुर्लोङको आत्मघाती गोलबाट क्रिस्टलले अग्रता बनाएको थियो।

तर, खेलको ३० औं मिनेट कोनोरले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको स्थितिमा ल्याए। खेलको ५५ औं मिनेटमा जाहाले गोल गर्दै क्रिस्टललाई २-१ को अग्रता दिलाए।

५९ औं मिनेटमा बेन्टेकेले गोल गर्दा क्रिस्टलको अग्रता ३-१ को बन्यो। खेलको ६८ औं मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गर्दा क्रिस्टल ४-१ ले अघि रह्यो।

त्यसपछि खेलको ८२ औं मिनेटमा बेन्टेकेले व्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टललाई ५-१ को जित दिलाए।जितसँगै क्रिस्टलले ११ खेलमा १६ अंक जोडेको छ। क्रिस्टल ११ औं स्थानमा समेत रहेको छ।

वेस्ट ब्रुम ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *