टोटेनहमसँग आर्सनल स्तब्ध
लण्डन (एजेन्सी)। इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे।
टोटेनहमले दुबै गोल पहिलो हाफमा गरेको थियो। खेलको १३ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए। केनको पासमा सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए। केनको गोलमा सनले पास उपलब्ध गराएका थिए।
जितसँगै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहमले ११ खेलमा २४ अंक जोडेको छ। आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment