ब्वाइफ्रेण्डले आफूलाई मोटी भनेर परिवारसँग नभेटाएपछि युवतीले यसरी लिइन् बदला

डिसी नेपाल
२२ मंसिर २०७७ १३:२१

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियाकी समंथा रोलीले कहिल्यै पनि सोचेकी थिइनन् उनले आफ्नो तौलका कारण लज्जाबोध गर्नुपर्नेछ । तर यस्तै भयो जब समंथाले थाहा पाइन उनको तौल बढी भएकै कारण उनका पूर्व ब्वाइफ्रेण्डले उनलाई आफ्ना अभिभावकसँग नभेटाएको थाहा पाइन् । ती व्यक्तिले केही नभनी समंथासँगको सम्बन्ध पनि तोडेका थिए । त्यसपछि समंथाले यो नकारात्मकतालाई आफ्नो शक्ति बनाउँदै ९० किलो तौल घटाइन् ।

समंथा ३० वर्षकी छिन् । उनी सिंगल मदर पनि हुन् र क्यालिफोर्नियाको ओरेन्ज काउन्टीमा बस्छिन् । समंथाको तौल १६५ किलो थियो । उनले परम्परागत तरिकाले कैयौं पटक तौल घटाउने प्रयास गरिन् तर केही सीप नलागेपछि उनले सर्जरीको सहारा लिएकी थिइन् । सर्मथाले ग्यास्ट्रिक स्लिभ सर्जरी गराइन् । सामाजिक संजालमा उनले आफ्नो यो यात्रा निकै चुनौतीपूर्ण रहेको बताएकी छिन् । बोर्ड पाण्डासँग कुरा गर्दै समंथाले १२ वर्षको उमेरदेखि डाइटिङ गरिरहेको बताइन् ।

सर्मथाले आफ्ना पूर्वप्रेमीबारे कुरा गर्दै उनीसँग २ वर्ष डेट गरेको बताइन् । २ वर्षमा उनलाई उनका ब्वाइफ्रेण्डले कहिल्यै पनि आफ्ना साथी वा परिवारसँग भेटाएनन् । उनले केही नभनी सम्बन्ध तोडेका थिए । समंथाका अनुसार उनले जोसँग पनि डेट गरिन्, कोही पनि उनीसँग सहज थिएनन् । यस्तो हुँदा उनको आत्मविश्वास पनि कमजोर हुन लागेको थियो । तर, जब उनले अन्यत्रबाट ध्यान अटाएर आफूमा केन्द्रित भइन् त्यसपछि बल्ल उनीमा आत्मविश्वास बढ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *