समकालिन स्टार मेस्सी र रोनाल्डोबीचको भिडन्त आज
काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति बार्सिलोना र युभेन्ट्स भिड्दै छन्। समूह जिमा रहेको बार्सिलोना र युभेन्ट्स अर्थात मेस्सी र रोनाल्डो बीचको बहुप्रतिक्षित खेल नेपाली समय अनुसार मंगलबार राति पौने १ बजे सुरु हुनेछ। बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो लामो समयपछि एक आपसविरुद्ध मैदानमा उत्रदैछन्।
स्पेनिस लिग लालिगाका २ ठुला क्लब बार्सिलोना र रियल मड्रिडको खेलमा सबैभन्दा धेरै चर्चा परिचर्चा मेस्सि र रोनाल्डोको हुन्थ्यो। तर, रोनाल्डोले रियल मड्रिड छाडेपछि समकालिन फुटबलका दुई ठुला स्टार निकै लामो समयको अन्तरालपछि मैदानमा एकअर्का विरुद्ध देखिदैछन्।
मंगलबार राति हुने खेलमा दुवै क्लबले आफ्ना स्टार खेलाडी मैदान उत्रिने बताइ सकेका छन्। दुवै टिम प्रतियोगिताको नकआउट चरणमा पुगिसकेकाले मैदान उत्रिदा दुवै टिम बिना दवाव हुनेछन्। यो खेलको नतिजाले समूह विजेता टोलीको टुङ्गो भने लगाउनेछ ।
बार्सिलोना शतप्रतिशत जित सहित १५ अंक बटुलेर समूहको शीर्ष स्थानमा छ भने युभेन्ट्स १२ अंक सहित दोस्रो स्थानमा छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment